नेपाल इन्स्योरेन्सको सञ्चालकमा बराल नियुक्त
१६ मंसिर, काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त हुनुभएको छ । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँ कम्पनीको संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट सञ्चालक मनोनयन हुनुभएको थियो ।
प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १०:१५












