१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भेष र दीपेशको जोडीले जित्यो – लन टेनस

एडिलेड । नेपाली टेनिस क्लब अष्ट्रेलियाको आयोजनामा एडिलेडमा सम्पन्न डबल टेनिस प्रतियोगितामा भेष थापा र दीपेश कुँवरको जोडीले विजय हासिल गरेको छ ।

स्थानिय म्यारियन टेनिस क्लवमा भएको प्रतियोगितामा उप विजेता राज बहादुर केशी र दिलिप तमाङको जोडी भएको छ ।

भने फेयर प्लेडको अवार्ड सौरभ बिदारी  र कृष्ण गुरुङको जोडीले प्राप्त गरेको थियो ।

विजयी खेलाडीहरुलाई एनआरएनए ओशियानका पुर्व सहसंयोजक नबिन कडेल, लोन सोलुसन एडिलेडका निर्देशक  अशोक अधिकारी, क्लावका सचिब बलराम भण्डारी सहितका अगुवाहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।

पुरस्कार वितरण कार्यक्रमको संचालन क्लवका पव्लिक अफिसर सुरेन्द्र रेग्मीले गर्नु भएको थियो ।

कार्यक्रम संयोजक उमेश बुढाथोकीले खेलाडी, सौजन्यकर्ता, स्वयंसेवकहरुलाई आभार व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १५:१८