सिटिजन लाइफको नयाँ बोनस दर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने
१५ मंसिर, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर कायम गरेको छ ।
कम्पनीले गत आव २०८१/८२ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ । कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १०-१४ वर्ष अवधिका लागि ४४ रुपैयाँ, १५ -१९ वर्ष अवधिका लागि ४९ रुपैयाँ र २० -२४ वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि २५ रुपैयाँ, १० -१४ वर्षका लागि २७ रुपैयाँ, १५ -१९ वर्षका लागि २७ रुपैयाा र २० -२४ वर्षका लागि २८ रुपैयाँ बोनसदर निर्धारण गरेकाे छ ।
यस्तै, सिटिजन शुभारम्भ योजना(सावधिक) बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ -१९ वर्षका लागि ४१ रुपैयाँ, २० -२४ वर्षका लागि ४६ रुपैयाँ, २५ – २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर ताेकेकाे छ ।
त्यसैगरि, सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १०-१४ वर्षका लागि ४२ रुपैयाँ, १५ -१९ वर्षका लागि ४५ रुपैयाँ, २० -२४ वर्षका लागि ५० रुपैयाँ, २५-२९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरिएकाे छ ।
यस्तै, सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख,सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १०-१४ वर्षका लागि ४४ रुपैयाँ, १५ -१९ वर्षका लागि ४७ रुपैयाँ, २०-२४ वर्षका लागि ५२ रुपैयाँ र २५ -२९ वर्षका लागि ६७ रुपैयाँ र सिटिजन जीवन बीमा सारथी योजना अन्तर्गत ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १०-१४ वर्षका लागि ३९ रुपैयाँ, १५-१९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ, २५ -२९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
बोनस दर कम्पनीले भुक्तानी गर्ने मृत्यु दावी, पूर्ण वा आंशिक अवधि भुक्तानी दावी, समपर्ण मूल्य दावी, चुक्ता मुल्य दावी र चालु बीमालेखमा लागू हुने कम्पनीले जनाएको छ । यसका साथै अर्को बीमाङ्कीय मूल्यांकन प्रतिवेदन बमोजिम प्राधिकरणबाट अर्को व्यवस्था स्वीकृत नभएसम्मका लागि सम्पूर्ण दावीहरु समेत सोही अनुसार बोनस दर कायम हुने जनाएको छ ।
प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १३:२२












