२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी १४ करोड बढी ठगी गर्ने शम्भु पक्राउ

१५ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।

शम्भुले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १३:०२