२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

निरन्तर बढ्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

१५ मंसिर, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ समेत ४५ रुपैयाँले बढेको छ । आइतबार तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ११:४०