२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

व्यक्तिगत अधिविकर्ष कर्जा सीमा बढ्यो, लघुवित्तको धितो कर्जा १५ लाखसम्म

१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा दोब्बरले वृद्धि गर्ने नीति ल्याएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले यस्तो नीति लिएको हो ।राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट बढाएर १ करोड कायम गर्ने नीति लिइएको हो ।

यस्तै, लघुवित्तबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने केन्द्रिय बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ११:३३