२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक

१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंककले चालु आर्थक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकको समीक्षा सार्वजनिक गरेको छ । सोमबार केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

जसअनुसार मौद्रिक उपकरणहरु मध्ये ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ ।

तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई यथावत राखिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १०:५७