११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

रिभर फल्स पावरको अवितरित हकप्रद सेयर बाँडफाँड

१५ मंसिर, काठमाडौं । रिभर फल्स पावर लिमिटेडलेको लिलामीमा राखेको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर मंसिर १४ गते बाँडफाँड भएको हो ।

बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) ३१८.१० रुपैयाँ निर्धारण भएको छ। यस मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

साथै बाँडफाँडमा सेयर नपाएकाहरूको रकम आज मंसिर १५ गतेदेखि आवेदकले आवेदन फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत् रकम फिर्ता गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : December 1, 2025 at 10:00 am