प्रभु बैंकका डीसीईओ पोख्रेल पनि पक्राउ
१४ मंसिर, काठमाडौं । प्रभु बैंकका डीसीईओ मणिराम पोख्रेल पनि पक्राउ परेका छन् । आइतबार सीआईबीको टोलीले उनलाई अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरेकाे हाे ।
यसैगरी प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पनि सीआईबीले पक्राउ गरेको छ । श्रेष्ठ लामो समय कर्जा अधिकृतका रूपमा कार्यरत थिए । आजै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पनि पक्राउ परेका छन् ।
प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १७:५५









