२२ पुष २०८२, मंगलवार | Wed Jan 7 2026

विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

१४ मंसिर, काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको हो ।

बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्काशन अनुमति दिएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १७:३७