२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता

१४ मंसिर, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । आज राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर पार्टी एकता भएको हो।

रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले तथा विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच ५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १६:३१