२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

एमाले महाधिवेशनका लागि रसुवाबाट ८ प्रतिनिधि सर्वसम्मत चयन

१४ मंसिर, काठमाडाैं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रसुवा जिल्लाबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको सर्वसम्मत चयन गरिएको छ ।

रसुवाबाट खुल्ला ४, महिला २, एक/एक जना दलित र युवा तर्फबाट सर्वसम्मत रूपमा प्रतिनिधिहरू चयन गरिएको हो । खुलातर्फ कैसाङ नुर्पु तामाङ, सुरेन्द्र लम्साल, छोवाङ तेन्जिन तामाङ र कर्न्याल लामा चयन हुनुभएकाे छ ।

भने महिलातर्फ २ जना (चमेली गुरुङ र सिर्जना लामा) प्रतिनिधि चयन भएका छन् । युवा कोटाबाट कुमार नगरकोटी र दलितबाट चमेली सुनुवार प्रतिनिधिमा निर्वाचित हुनुभएकाे छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १५:५९