२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

१४ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा बन्द भएको छ । आज ४५ कम्पनीको सेयरमूल्य बढेको छ । २११ कम्पनीको सेयरमूल्य घटेको छ भने एक कम्पनीको स्थिर रहेको छ ।

आज ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो । आइतबार ५ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सागर डिष्टिलरी, निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को मूल्य सर्वाधिक ८.९९ प्रतिशत घटेको छ।  यस दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे २३ करोड ५ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १५:२१