देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
१४ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गर्नुभएको छ । दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा उहाँले छलफलका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाउनुभएको हो ।
पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको मितिलाई लिएर छलफल गर्न लागिएको जनाइएको छ । बैठकमा नेता डा। शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको छ ।
प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार ११:२३












