आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
१४ मंसिर, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा भइरहेको छ ।
गत शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १४५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार ११:०२












