प्रियांकको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङसलाई जीतका लागि १६१ रनको लक्ष्य दिएको छ ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनायो । उसका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३ तथा विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १/१ विकेट लिए । तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ ।
प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १७:४७












