२५ मंसिर २०८२, बिहीबार | Thu Dec 11 2025

उज्यालो नेपाल पार्टीको घोषणा मंसिर १७ गते गर्ने

१२ मंसिर, काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी काठमाडौँमा घोषणासभा हुने  जनाइएकाे छ ।

पार्टी घोषणा कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहनुहुने छ । सोही कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १४:४१