राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने
१२ मंसिर, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हाे ।
राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यले मंसिर २३ गते काठमाडौंमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १२:१३












