२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

एनएमबि बैंकले सुरू गर्‍यो कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे

१२ मंसिर, कठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गर्ने भएको छ । पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि अक्वेयर गरी उक्त बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी गरिएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवेले थ्रीडी सेकियोर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउनुका साथै अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पेमेन्टहरू सपोर्ट गर्ने भएकोले उक्त पेमेन्ट गेटवेले मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न थप सहज हुनेछ । अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन् ।

एनएमबि बैंकले एनसीएचएलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि इसीसी, आईपीएस, आरपीएस, नेपालपे क्युआर, कनेक्ट–आईपीएस, कर्पोरेटपे लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएकोमा अब ई–कमर्स पेमेन्ट गेटवेको सेवा पनि थपिएको हो ।

एनसीएचएलले हाल १४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोवार गर्न, होस्टिंग, स्विचिंग र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेमा सहभागिता सँगै, नेपालमा डिजिटल भुक्तानीको दायरा अझ विस्तारित हुने अपेक्षा गरिएको छ । एनएमबि बैंकले ७७ जिल्लामा २०२ शाखा कार्यालय, १८४ एटिएम, ९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार ११:१३