प्रधानमन्त्री कार्की र नेकपा एमालेका नेताहरूबीच बालुवाटारमा छलफल जारी
११ मंसिर, काठमाडौँ । सरकार र नेकपा एमालेका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।
छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी हुनुभएकाे छ । सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाउनुभएकाे थियाे ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १६:५९












