२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

मिथ्या सूचना रोक्न महासंघद्धारा ‘जिम्मेवार पत्रकारिता’ तालिम आयोजना

११ मंसिर, काठमाडौँ । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

तालिममा महासंघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य गरी २५ जना सहभागी थिए । सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार बताउन तालिमको आयोजना गरिएको महासंघका अध्यक्ष निर्मला शर्माले बताउनुभयो ।

प्रशिक्षणपछि प्रशिक्षकहरुले महासंघको देशैभरी रहेका आफ्ना शाखामार्फत पत्रकारहरुलाई जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग गर्ने बारेमा अभिमुखीकरण प्रदान गरिने महासंघको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

समाचारको विश्वसनीयताका लागि पत्रकारहरुले जिम्मेवारपूर्वक पत्रकार आचारसंहिता प्रयोग गर्नु अति जरुरी रहेको प्रशिक्षक उज्ज्वल आचार्यले उल्लेख गर्नुभयो । उहाँले पत्रकार आचारसंहितालाई अक्षरस पालना गरे सञ्चारमाध्यमप्रतिको विश्वास बढ्ने र पत्रकारको पेशागत सुरक्षा बलियो हुने धारणा राख्नुभयो ।

 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १६:२७