२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर सुधार आएको छ । यस दिन नेप्से १०.४३ अंकले बढेर २६७६.०३ को बिन्दुमा बन्द भएको छ । यस दिन ३३१ कम्पनीको सेयरमूल्य बढको छ । १२१ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १५:१६