ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
११ मंसिर, काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १०:०८












