६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
११ मंसिर, काठमाडाैं । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा),कृषि विकास बैंक, सर्वोत्तम सिमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शाइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र निफ्राले भोली अर्थात मंसिर १२ गते बुकक्लोज गर्दैछन् भने कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते आइतबार बुकक्लोज गर्दैछन्। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
शाइन रेसुङ्गाले मंसिर २६ गते होटल सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा सत्रौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा अपरान्ह साढे १२ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सर्वोत्तम सिमेन्ट ले मंसिर २६ गते होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २३ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। कृषि विकास बैंकले मंसिर २९ गते आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
बरुण हाइड्रोपावरले मंसिर २६ गते स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
ङादी ग्रुप पावरले भने मंसिर २५ गते स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार ०९:१२












