एमालेसँगको ४० वर्षको नाता तोडे श्यामराज पाठकले
१० मंसिर, नुवाकोट । नुवाकोटको कम्युनिष्ट आन्दोलनका अगुवा श्यामराज पाठकले नेकपा एमालेसँगको आवद्धता तोड्नुभएको छ । बुधबार पार्टीको जिल्ला अध्यक्ष बद्री मैनालीलाई जानकारी गराएर आफूले एमाले परित्याग गरेको पाठकले जानकारी दिनुभयो ।

नुवाकोट क्षेत्र नम्बर १ प्रदेश २ समन्वय कमिटीका अध्यक्ष समेत रहनुभएको पाठक पार्टीको जिल्ला सचिवालय सदस्य समेत हुनुहुन्छ । दैनिकीसँग कुरा गर्दै पाठकले आफूले एमालेसँगको ४० वर्षको नाता बुधबारबाट तोडेको पुष्टि गर्नुभयो । उहाँले एमाले परित्यागको विस्तृत कारण भने खुलाउनुभएको छैन ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार २२:३७












