एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१० मंसिर, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ९.६१ अंकले बढेर २९६५.६० को बिन्दुमा बन्द भएको छ । बुधबार १४२ कम्पनीको सेयरमूल्य बढेको छ । १०४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज ३२२ वटा कम्पनीहरुको एक करोड ३६ लाख २० हजार कित्ता सेयर खरिद–बिक्री भई ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २६ करोड ७५ लाख ८० हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको २३ करोड ४१ लाख ६८ हजार रुपैयाँ, बन्दीपुर केवलकारको १९ करोड ६८ लाख १७ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १५:१८












