२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

१० मंसिर, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ९.६१ अंकले बढेर २९६५.६० को बिन्दुमा बन्द भएको छ । बुधबार १४२ कम्पनीको सेयरमूल्य बढेको छ । १०४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज ३२२ वटा कम्पनीहरुको एक करोड ३६ लाख २० हजार कित्ता सेयर खरिद–बिक्री भई ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । झापा इनर्जी, सागर डिस्टीलरी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकको सेयरमा यस दिन सकारात्मक सर्किट लागेको हाे ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १५:१४