२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

एमाले महाधिवेशनको नारा तय, उद्घाटनस्थल भक्तपुरको सल्लाघारी सार्ने तयारी

१० मंसिर, काठमाडाैं । नेकपा एमालेले ११औं महाधिवेशनको मूल नारा तय गरेको छ । च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जनाएकाे छ ।

त्यस्तै, ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गर्ने तयारी भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयाे । खुलामञ्च, भृकुटीमण्डप र भक्तपुर सल्लाघारी गरी ३ वटा सम्भावित स्थान प्रस्तावित गरिएको र साेमध्ये सल्लाघारी उपयुक्त विकल्प मानिएको उहाँले बताउनुभयाे । महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डमा हुनेछ । एमालेको ११ औं महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ११:४६