३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एक बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा, तपाईकोमा आयो त ?

१० मंसिर, काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । मंसिर ६ गते सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिएको हो ।

बैंकको उक्त साधारणसभाले कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो। साेही नगद लाभांश डिम्याट खातामा बैंक खाता अद्याधिक भएको सेयरधनीहरूलाई मंसिर ७ गतेदेखि नै आईएपीएस मार्फत पठाउन सुरू गरिएको बैंकले जानकारी दिएको छ।

साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : 09:29