विद्यादेवी भण्डारीलाई एमालेको सदस्य दिलाउने ईश्वर पोखरेलको घोषणा
९ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विद्या भण्डारीलाई एमालेको सदस्यता दिलाएरै छाड्ने घोषणा गर्नुभएको छ । मंगलबार एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो घोषणा गर्नुभएको हो ।
भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने बताउँदै उहाँले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेपछि आफ्नो अनुभव र उर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुशी र गौरवको विषय भएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ। तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ।’
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १७:२१












