बन्दीपुर केवलकारसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
९ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ५.३२ अंकले बढेर २६५५.९९ को बिन्दुमा बन्द भएको छ ।
आज ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको हो ।मंगलबार १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
यस दिन बन्दीपुर केवलकारको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड ९९ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्स कम्पनीको २४ करोड ४ लाख ९६ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २० करोड २ लाख रुपैयाँ, यूनियन हाइड्रोपावरको १८ करोड ७९ लाख ५२ हजार रुपैयाँ, शिवम् सिमेन्टको १७ करोड २८ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १५:२३












