२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट, कुनकाे मूल्य कति बढ्याे ?

९ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ५.३२ अंकले बढेर २६५५.९९ को बिन्दुमा बन्द् भएको छ ।

आज ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको हो ।मंगलबार १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस दिन झापा इनर्जी, सागर डिस्टीलरी र श्रीनगर एग्रीटेकको मूल्यमा सकारात्म सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १५:०९