राष्ट्रिय वाणिज्य बैंकको एटीएम तोडफोड गरेको आरोपमा एक जना पक्राउ
९ मंसिर, काठमाडौं । जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ घर भएर भक्तपुरको थिमी बस्ने २९ वर्षीय बुद्धिमान तामाङ छन् ।
प्रहरीका अनुसार उनले भदौ २४ मा जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त थिमीसँगै रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम तोडफोड गरेका हुन् । उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १४:५०












