२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

कांग्रेस निकट चिकत्सकले अपिल गरेपनि भोलि अस्पताल बन्द नहुने, स्वतन्त्र चिकित्सकले काम गर्ने

१७ माघ, काठमाडाैँ । राष्ट्रिय चिकित्सक संघ, नेपाल र नेपाल प्रगतिशील चिकित्सक संघ, नेपालले नेपाल चिकित्सक संघले अस्पताल बन्द गर्न अपिल गरेपनि अाफू निकटका चिकित्सक र स्वास्थ्यकर्मीलाइ काम गर्न अपिल गरेको छ । दुबै संगठनले संयुक्त विज्ञप्ति मार्फत काम गर्न अपिल गरेका हुन ।

राष्ट्रिय चिकित्सक संघ, नेपालका अध्यक्ष डा सन्तोष पौडेल र नेपाल प्रगतिशील चिकित्सक संघका कार्यबहाक अध्यक्ष डा माधव लम्सालले आज बिज्ञप्ती जारी गरी चिकित्सक संघलाई राजनीति नगर्न खुल्ला चेतावनी दिएका छन ।

विज्ञप्तिमा भनिएको छ ‘एकजना अभियन्ताको “जीवन रक्षार्थ” भनेर नेपाल चिकित्सक संघ (एनएमए)ले आह्वान गरेको एजेण्डा–विहिन आन्दोलन राजनीतिक उद्धेश्यले प्रेरित छ । विरोधका अन्य विभिन्न उपाय रहँदा रहँदै पनि स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्रमा हलुका ढंगले बन्द हड्ताल गर्ने अप्रीय निर्णयले आम जनसमुदाय र चिकित्साका बीच दुरी बढ्ने निश्चित छ साथै अनसनरत डा के सी को भावना र उहाँको अभियानको मर्म विपरीत छ ।’

तीन संघले जारी गरेको विज्ञप्ति ।

विज्ञप्तिमा अघि भनिएको छ,  ‘नेपाल चिकित्सक संघ (एनएमए) का सिमित व्यक्तिद्वारा स्वःघोषणा गरिएका यस्ता कार्यक्रममा हाम्रो संगठनले समर्थन जनाउन नसक्ने व्यहोरा प्रष्ट पार्न चाहन्छौं । साथै सम्वद्ध पक्षलाई वार्ता, संवाद र छलफलको माद्यमबाट समस्याको तत्काल निराकरण गर्न स्मरण गराउँदै सबै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई सदा झैं सेवा प्रवाहमा संलग्न हुन समेत आह्वान गर्दछौं ।’

दुबै संगठनले संघीय संसदको दुवै सदनबाट पारित भएको चिकित्शा शिक्षा बिद्येयकलाई स्वागत गर्दै राजनीति नगर्न नेपाल चिकित्सक संघ (एनएमए)लाई चेतावनी समेत दिएको छ । विज्ञप्तिमा भनिएक छ । ‘बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएको प्रति हाम्रो संगठन स्वागत गर्दछ । प्राडा गोविन्द केसीलगायत विभिन्न अभियन्ताको अनवरत क्रियाशिलता र अग्रसरताको उपज यो विधेयक आएको कुरा सर्वविदितै छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय र जनमुखी बनाउने दिशामा यो विधेयक नेपालको इतिहासमा एक कोशेढुङ्गा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

दुवै संगठनले चिकित्सक संघ राजनीतिक दलको भातृ संस्थाको रुपमा परिणत भई अभियान चालेको भन्दै कडा आपत्ति समेत जनाएका छन । दुवै संगठनले चिकित्सक संघले आफ्नो आन्दोलन फिर्ता नलिए प्रतिवाद गर्ने संकेत समेत गरेको छ । ‘नेपाल चिकित्सक संघ (एनएमए) का सिमित व्यक्तिद्वारा स्वःघोषणा गरिएका यस्ता कार्यक्रममा हाम्रो संगठनले समर्थन जनाउन नसक्ने व्यहोरा प्रष्ट पार्न चाहन्छौं । साथै सम्वद्ध पक्षलाई वार्ता, संवाद र छलफलको माद्यमबाट समस्याको तत्काल निराकरण गर्न स्मरण गराउँदै सबै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई सदा झैं सेवा प्रवाहमा संलग्न हुन समेत आह्वान गर्दछौं,’ बिज्ञप्तीमा भनिएको छ ।

यसअघि मेडिकल कलेजको सिण्डिकेट तोड्नेगरी सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेय प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गराएपछि विक्षिप्त बनेको नेपाली कांग्रेसको इशारामा आन्दोलन गर्दै गएका कांग्रेस निकटका चिकित्सकले  शुक्रबार  देशैभरका स्वास्थ्यसंस्थामा ओपिडी बन्द गराउने निर्णय गरेका थिए । उनीहरूले चिकित्सक संघबाट आकस्मिक बाहेकको सबै सेवा बन्दा गराउने निर्णय समेत गरेका छन । नेविसंघका पूर्व नेता डो गोविन्द केसीको अनशनलाइ सरकारले वेवास्ता गरेको भन्दै कांग्रेस निकट चिकित्सकहरू केहीदिनदेखि रिले अनशनमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार २१:१७