प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से
९ मंसिर, काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ३.६१ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ६८ स्टकको २१३ पटकको कारोबारमा २८ लाख ७१ हजार ७४७ रुपैयाँ ४० पैसा बराबरको ५ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १०:५९













