१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

सहमति नभए अनिवार्य मतदानबाट प्रतिनिधि चयन गर्न एमाले संगठन विभागको निर्देशन

९ मंसिर, काठमाडौँ । नेकपा (एमाले)को संगठन विभागले मंसिर १२ गतेसम्म सहमतिको अधिकतम प्रयास गर्न र नभए मंसिर १३ गते मतदान मार्फत प्रतिनिधि छनौट गर्न निर्देशन दिएको छ ।

सोमबार राति भएको संगठन विभागको भर्चुवल बैठकपछि जारी पाँच बुँदे निर्देशनको तीन नम्बरमा यस विषयमा प्रष्ट उल्लेख गरिएको छ । धेरै जिल्लामा सहमतिको नाममा जबरजस्ती हुने सम्भावनालाई मध्यनजर गरेर विभागले यस्तो निर्णय गरेको हो ।

dainiki.com

यसअघि कैलालीसहित धेरै जिल्लामा प्रतिनिधिको आकांक्षी रहेका नेताहरूको सदस्यता नै गायब गर्ने काम समेत चलिरहेको एमालेमा संगठन विभागको यो निर्देशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस्तो छ निर्णयहरू
१. निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा अघि प्रत्येक क्षेत्रले केन्द्रीय कार्यालयको परिपत्र अनुसार अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशित गर्ने।
२. प्रकाशित मतदाता सूचीको संख्या तत्काल केन्द्रीय संगठन विभागलाई जानकारी गराउने।
३. प्रतिनिधि छनौट निर्वाचन विधिबाट गर्ने।
क• मंसिर १२ सम्म सहमति निर्माणको लागि प्रयास।
ख• सहमति नभए मंसिर १३ गते अनिवार्य रूपमा मतदानमार्फत गर्ने।
४. प्रतिनिधि आवेदन शुल्क अधिकतम रु. १००० सम्म तोक्न सकिने।
५. व्यवस्थापन तथा सहजीकरणका लागि तोकिएका सबै जिम्मेवारीप्राप्त कमरेडहरूले समयमै आफ्नो भूमिका निर्वाह गर्ने।

प्रकाशित मिति : November 25, 2025 at 8:38 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/