१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धी व्यवस्था परिमार्जन

८ मंसिर, काठमाडौं । नेपाल धितापत्र बोर्डले धितोप निष्काशन तथा बाँडफाँड निर्देशिका २०८२ मा संशोधन गरेको छ । बोर्डमा दर्ता रहेका सम्पूर्ण सङ्गठित संस्थाहरूले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने भएको छ।

सोमबार नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (दशौँ संशोधन) निर्देशिका, २०८२ मार्फत उक्त व्यवस्था गरेको हो। “बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण सङ्गठित संस्थाहरूले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ,” बोर्डले जारी गरेको संशोधित निर्देशिकामा भनिएको छ। धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा (७) थप गर्दै उक्त व्यवस्था गरिएको हो।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १७:२२