७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

८ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ४७.२२ अंकले बढेर २६४७.४४ अंकले बढेको छ । सोमबार २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।

यस दिन ३३० स्टकको ७९ हजार ७१४ पटकको कारोबारमा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँबराबरको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे  २४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सोमबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एन्डष्ट्रीजको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । माबिलुङ्ग इनर्जीको सेयरमूल्य यस दिन सबैभन्दा बढी ४.४४ प्रतिशत घटेको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १५:२३