२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

५ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनकाे मूल्य कति बढ्याे ?

८ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ४७.२२ अंकले बढेर २६४७.४४ अंकले बढेको छ । यस दिन ३३० स्टकको ७९ हजार ७१४ पटकको कारोबारमा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँबराबरको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एन्डष्ट्रीजको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १५:१०