८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

रिलायन्स स्पिनिङ्ग मिल्सले बोलायो साधारण सभा

८ मंसिर, काठमाडाैं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २३ गते काठमाडाैंकाे कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा ३१ औं वार्षिक साधारण सभा बाेलाएकाे हो ।

सभामा कम्पनी ऐनको दफा १०५ को उपदफा १ को ग कार्यान्वयन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै,सभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही गत आवको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १४:११