कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्नूः प्रधानमन्त्रीको सचिवालय
८ मंसिर, काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठबारे प्रश्न उठेपछि सचिवालयले स्पष्टीकरण दिएको छ।
प्रमुख स्वकीय सचिवले प्रधानमन्त्रीको सचिवालयमा आफन्तहरूलाई भर्ती गरेको भन्ने विषय सार्वजनिक भएपछि सचिवालयले सोमबार विज्ञप्ती जारी गरी त्यसमा स्पष्टीकरण दिएको हो। चौतर्फी आचोचनापछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले एक विज्ञप्ति जारी गर्दै लेखिएको छ, ‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ ।’
राज्यकोषमा कम भार परोस् भनेर सचिवालय पनि दरबन्दी भएको भन्दा कम जनशक्तिमा सञ्चालन गरिएको पनि स्पष्टीकरणमा उल्लेख छ।प्रधानमन्त्री कार्कीको परिवारमा उहाँको श्रीमान मात्रै भएको र उहाँको उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो पात्रलाई प्रधानमन्त्रीले छनोट गरी नियुक्त गरेको विज्ञप्तीमा उल्लेख छ।
‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घन्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १२:५५












