२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

हिमालयन क्यापिटलले घोषणा गर्याे लाभांश

८ मंसिर, काठमाडाैं । हिमालयन क्यापिटलले लाभांश घोषणा गरेकाे छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरयरधनीहरूलाई चुक्ता पुँजीको करसहित १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते काठमाडौंमा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १२:१२