श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा कल्याण अधिकारी नियुक्त
८ मंसिर, काठमाडौं। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा कल्याण अधिकारी नियुक्त हुनभएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई रिक्त रहेको कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारी संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त हुनुभएको हो ।
प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार ११:१९












