प्रि ओपन सेसनमा करिब १ अंकले बढ्यो नेप्से
८ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.९७ अंकले बढेर २६०१.२० विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ६२ स्टकको १६४ पटकको कारोबारमा २ करोड ८ लाख ६५ हजार ६२३ रुपैयाँबराबरको ४४ हजार ८६१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १०:५५













