२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

लाभांश प्रस्ताव पारित गर्न आइसिएफसि फाइनान्सले बोलायो साधारण सभा

८ मंसिर, काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

फाइनान्सले मंसिर २९ गते बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै फाइनान्सको साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १०:१०