राजेन्द्र श्रेष्ठसहित जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा जाने
७ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । संघीय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणी देवान, डा. पुष्पराज राजकर्णिकार, कृष्णबहादुर घजु नेपाली कम्युनिस्ट पार्टीमा जान लाग्नुभएकाे हाे ।
जेनजी आन्दोलनपछि जसपामा नीति, सिद्धान्त तथा माग मुद्दाहरू मिल्ने राजनीतिक दलसँग एकीकरण, मोर्चा, तालमेल गर्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिलाई दिइएकोमा बैठक नै नबोलाएर अनिर्णित बनाइएको संघीय परिषद् अध्यक्ष श्रेष्ठसहित ६ नेताले हस्ताक्षर गरेको जानकारी पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १७:३९












