राष्ट्र बैंकद्वारा दुई वटा मनी चेञ्जरको लाइसेन्स खारेज
७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनी चेञ्जरको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय विभागले लर्ड बुद्ध मनि एक्सचेञ्ज प्रालि र स्तुपा मनिचेञ्जर प्रालिको इजाजतपत्र रद्द गरेको हो ।
यी दुवै कम्पनीले तोकिएको समयमा नविकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएकाे छ । ‘नेपाल राष्ट्र बैंकको मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनिमावली, २०७० को विनिमय १९ को उप-विनियम (३) मा उल्लिखित व्यवस् थाबमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १६:३६












