२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सर्वोच्चले प्रधानमन्त्रीसँग माग्यो अवहेलनामा कारबाही गर्नु नपर्ने कारणसहितको लिखित जावाफ

७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अवहेलना मुद्दामा कारबाही हुनु नपर्ने कारणसहित लिखित जवाफ मागेको छ ।

राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गर्नुभएकाे थियाे ।

उक्त मुद्दामा आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय हप्रिसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासले अवहेलना मुद्दामा कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेस गर्न आदेश गरेको हाे ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १५:३१