तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
७ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ३९.९२ अकंले बढेर २६००.२२ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यस दिन तीन कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन बन्दीपुर केवलकार, सागर डिस्टीलरी र झापा इनर्जीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १५:१६










