सिईडिबी होल्डिङ्सको अध्यक्षमा न्यौपाने नियुक्त
७ मंसिर, काठमाडाैं। सिईडिबी होल्डिङ्स लिमिटेडको अध्यक्षमा सञ्चालक देवीमाया न्यौपाने नियुक्त हुनुभएकाे छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले न्यौपानेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका अध्यक्ष अनिल कुमार रुङ्गटाले राजीनामा दिनुभएकाे थियाे । उहाँकाे राजीनामा मंसिर ५ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएकाे छ ।
प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १४:४९










